बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

छायाँकार भट्ट भन्छन्, ‘कामको मूल्याँकन हुनुपर्छ’

दैनिक नेपाल २०७७ माघ ८ गते ९:३१

काठमाडौं । वीरेन्द्र भट्ट विगत १२ वर्षदेखि फिल्म र म्युजिक भिडियोहरू छायाँकन गर्दै आएका छन् । १० वटा ठूलो फिल्म खिचिसकेका भट्टले म्युजिक भिडियोको संख्या भने याद छैन । उनले सय सय जति म्युजिक भिडियो छायाँकन गरेको दाबी गरे ।

डोटी जिल्लामा जन्मिएका भट्ट काठमाडौंमा निरन्तर छायाँकनमा व्यस्त छन् । भट्ट व्यस्थ छायाँकारमा पर्छन् । उनी क्यामेरा टेकर, सहायक छायाँकार हुँदै छायाँकार बन्न सफल भएका हुन् । उनले छायाँकन गरेको ठूलो पर्दाको चलचित्रहरूमा धुन, चिहान, आरोप, माइ ब्रदर लगायत रहेका छन् । छायाँकार भट्टले आफ्नो कामबाट खुसी मिलेको बताएका छन् ।

सुदूरपश्चिमबाट भविष्य बनाउन काठमाडौं छिरेका भट्टलाई आफ्नो पेशाबाट सन्तुष्ट छन् । उनले भने, ‘छायाँकन प्राविधि विषय हो । अहिलेसम्म राम्रो काम गरेको छु । म सन्तुष्ट छु ।’

भट्टले नेपाली चलचित्र क्षेत्र हेर्ने सरकारी निकायले प्राबिधिकहरूको बारेमा केहि नीति नियम बनाउनु जरुरी रहेको बताएका छन् । नेपालमा हुने म्युजिक अवार्डहरूप्रति उनको गुनासो छ । अवाडहरू आफू निकटकालाई मात्रै दिइने गरेको भट्टले बताए ।

‘कामको मूल्यांकन हुँदैन’, उनले भने, ‘भनसुनका आधारमा पाउने परम्परा छ । अवार्ड पनि बिक्री हुन्छ भन्ने सुनेको छु ।’ उनले कामको मूल्यांकन गरेर पुरस्कार दिने परम्परा रहनुपर्ने बताए ।

नेपालमा प्राबिधिक बन्नेभन्दा पनि कलाकार बन्नेहरूको भिड धेरै रहेको भट्टको बुझाइ छ । फिल्म क्षेत्रमा प्राविधिकहरूको कामी हुन थालेको आफूले पाएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित