बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नयाँ फिल्म निर्देशनको तयारीमा ओली, धमाधम गृहकार्य

दैनिक नेपाल २०७७ माघ ८ गते ९:२५

काठमाडौं । निर्देशक अमर ओलीले नयाँ फिल्मको गृहकार्य शुरु गरेका छन् । कोरोना महामारीका कारण लामो समय फिल्म निर्माणको काममा बाधा पुगेको बताएका निर्देशक ओलीले अघिल्लो महिनादेखि छायाँकनमा जाने गरेर तयारी भइरहेको बताए । उनले नयाँ फिल्मको कथालाई अन्तिम चरणमा पुर्‍याइएको बताए ।

नाम चलेका र बजारमा रुचाइएका कलकारहरूलाई राखेर फिल्म बनाइनेछ । नयाँ फिल्मका लागि नाम चलेका कलाकार राखेर फिल्म बनाउन लगानीकर्ताबाट सुझाव आएको निर्देशक ओलीले बताए ।

निर्देशक ओलीले भने, ‘फिल्मको गीत, संगीत, कला, पटकथा, प्राविधिक कुराहरूमा गृहकार्य भइरहेको छ । अबको केही समयभित्रै वर्काशला गरिनेछ ।’ फिल्मको गीत पनि केही दिनभित्रै रेकर्ड गरिनेछ । फिल्मका गीत व्यावसायिक बनाइनेछ । लभ र एक्सनमा आधारित कथाबस्तु रहेको फिल्मको तीन वटा नाम जुराइएको छ । सबै मिलेर तीन वटाबाट एउटा नाम छानिनेछ ।

कोरोना महामारीले गर्दा फिल्म बनाउने कार्यलाई प्रभावित बनाएको ओलीले बताए । अहिल सबै क्षेत्र खुलेका छन् । फिल्म बनाउन सहज अवस्था आएको निर्देशक ओलीले बताएका छन् । ‘धर्तिपुत्र’, ‘आरोप’ लगायतका फिल्महरू निर्देशन गरेका ओलीले नयाँ फिल्मलाई काठमाडौं उपत्यका बाहिर गएर छायाँकन गर्ने सोँच बनाएको बताए ।

नयाँ फिल्मको बजेट न्युनतम एक करोड पचास लाख राखिएको छ । उपत्यका बाहिर गएर छायाँकन गर्नुपर्ने भएकाले यस पटक फिल्म निर्माणमा अलिक धेरै खर्च हुने अनुमान गरिएको ओलीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित