२ कार्तिक २०८३, सोमबार

इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सद्वारा कब्जा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ८ माग । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।

युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

खेलको ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो । उसका लोरेन्जोले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । यससंगै युभेन्ट्सले नवौं पटक सुपर कप फुटबलको उपाधि जितेको छ ।