मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सपथ लिएसँगै जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति

दैनिक नेपाल २०७७ माघ ७ गते २२:५६

काठमाडौँ, ७ माघ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ लिएका छन् ।

बाइडेनले नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा ४६ औँ अमेरिकी राष्ट्रपतिको सपथ लिएका हुन् । कडा सुरक्षाका साथ क्यापिटल हिलस्थित अमेरिकी संसद् भवनमा उनले सपथ लिएका हुन् । गत नोभेम्बरमा भएकाे राष्ट्रपतिको निर्वाचनमा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पारेका थिए ।

कोरोना महामारीका कारण सीमित मानिसहरुको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम भएको छ । बाइडेनसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिएकी छन् । अमेरिकी इतिहासमा उनी पहिलो महिला उपराष्ट्रपति बन्न सफल भएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित