मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

नेपालमा ९७.९ प्रतिशत कोरोना निको, सक्रिय संक्रमित ३७ सय

दैनिक नेपाल २०७७ माघ ७ गते २१:०६

काठमाडौँ, ७ माघ । पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्मको कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ जना पुगेको छ ।

आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ । हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित