शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै अमेरिका लैजाने भनेर १५ लाख ठग्ने पक्राउ

दैनिक नेपाल २०७७ माघ ७ गते १८:५५

काठमाडौँ, ७ माघ । राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ १५ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभा पाँचखान गाउँपालिका ५ खमारेका तुलसी थापालाई प्रहरीले काठमाडौँको दरबारमार्गबाट मंगलबार पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका ७ मित्रपार्क बस्ने थापाले मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेका थिए ।

प्रहरीका अनुसार थापाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको परिचयपत्र बनाई ठगी गरेका छन् ।

थापाले अमेरिका लैजाने मल्टिपल भिसाको प्रलोभन देखाई १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

थापालाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित