शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पोखरामा थप २ जना कोरोना संक्रमितको महिलाको मृत्यु

दैनिक नेपाल २०७७ माघ ७ गते १८:५०

काठमाडौँ, ७ माघ । पोखरामा थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ति २ जना महिला संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाको वडा नं २९ की ३५ वर्षीय महिला र स्याङ्जाकी ७० वर्षीय महिला रहेका छन् ।

कोभिड निमोनिया र हेपाटाइटिसको समस्या देखिएको पोखराकी ३५ वर्षीय महिलामा पुष २९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, स्याङ्जाको बिरुवा गाँउपालिका वडा नं ५ की ७० वर्षीय महिलामा मंगलबार मात्र कोरोना देखिएको थियो । उनको कोभिड निमोनियाका कारण मृत्यु भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २०२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित