शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सरकारले एकद्वार प्रणाली लागू गर्ने

दैनिक नेपाल २०७७ माघ ७ गते १७:३४

काठमाडौँ, ७ माघ । सरकारले केही आयात र निर्यातमा एकद्वार प्रणाली लागू गर्ने भएको छ ।

आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको हो ।

वुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो ।

भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगिराख्नु पर्ने छैन भने सम्पूर्ण भन्सार कार्य पेपरलेस हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित