काठमाडौँ, ७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय १८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय ८३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ जना पुगेको छ ।
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २० लाख २६ हजार ६ सय २६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस