मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

काठमाडौँ विश्वविद्यालय उपकुलपतिमा प्रा डा थापा नियुक्त

दैनिक नेपाल २०७७ माघ ७ गते १३:४१

काठमाडौँ, ७ माघ । काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय छनौट समितिको सिफारिसलाई प्रधानमन्त्री ओलीले अनुमोदन गरेका हुन् ।

उपकुलपतिको कार्यकाल ४ वर्षको हुनेछ । समितिले उपकुलपतिका लागि प्रा.डा.थापा सहित, डा. रामकण्ड मकाजू र प्रा.डा.बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित