मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

संसद विघटन रिटमा बहस गर्ने अधिवक्तालाई तोकियो समय

दैनिक नेपाल २०७७ माघ ७ गते १२:५९

काठमाडौँ, ७ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ ।

आइतबारदेखि संवैधानकि इजलासमा हुँदै आएको सुनुवाइमा बहसलाई छरितो र व्यस्थित बनाउन समय तोकिएको हो । वुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका छन् ।

यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि अन्यलाई समय अभाव हुने भएकाले न्यायाधीशहरुले बहसको समय निर्धायरण गर्न सुझाव दिएका थिए ।

यद्यपि प्रधानन्यायाधीशले समय तोकेलगत्तै केही अधिवक्ताले एक घण्टाको समय माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित