११ कार्तिक २०८३, बुधबार

कञ्चनपुरमा महिला बेपत्ता, साइकल मात्रै भेटियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए ।

“खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ,” उनले भने ,“महिलाको खोजी भइरहेको छ महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा छन् । –रासस