शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भजन गीतमा पुष्पराजको अभिनय, पाण्डेको निर्देशन

दैनिक नेपाल २०७७ माघ ७ गते १०:४१

काठमाडौं । निर्देशक देवेन्द्र पाण्डेले भजन गीत ‘हँसाउने उहि छ’ बोलको म्युजिक भिडियो निर्देशन गरेका छन् ।

पाण्डेले म्युजिक भिडियोलाई जय संगत आश्रममा छायाँकन गरेका हुन् । म्युजिक भिडियोमा पुष्पराज पुरुषको विशेष अभिनय रहेको छ ।

‘हँसाउने उहि छ’मा प्रताप दासको स्वर रहेको छ । भजनको शब्द चन्द्र प्रसाइँ ‘परिस्कृत’ले लेखेका छन् । संगीत राजेन्द्र सुवेदीको रहेको छ ।

पाण्डे म्युजिक भिडियो निर्देशनमा पछिल्लो समय व्यस्त निर्देशकहरूमा पर्छन् । फिल्मका साथै अधुनिक, लोकदोहोरीलगायतका गीतमा निर्देशन गर्दै आएका पाण्डेले भजन गीतको म्युजिक भिडियो निर्देशन गरेर नयाँ अनुभव लिएका छन् ।

निर्देशक पाण्डेले पुष्पराज पुरुष जस्तो अब्बल व्यक्तिसँग म्युजिक भिडियोमा काम गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित