शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ट्रम्पले नयाँ पार्टी खोल्ने, गृहकार्य शुरु

दैनिक नेपाल २०७७ माघ ७ गते ९:२५

न्युयोर्क, ७ माघ । अमेरिकी राष्ट्रपतिको कार्यकाल सकिन लागेका डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्नेबारे छलफल थालेका छन् ।

अमेरिकी समाचार पत्र द वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै ह्वाइट हाउस छोडेपछि पनि आफ्नो प्रभाव कायम राख्न ट्रम्पले नयाँ पार्टी खोल्ने योजना बनाएको समाचार प्रकाशन गरेको छ ।

गत साता ट्रम्पले आफ्ना सहयोगी र निकटहरूसँग यसबारे कुरा गरेको समाचारमा उल्लेख छ। ट्रम्पले नयाँ पार्टीको नाम ुप्याट्रिइट पार्टीु राख्न चाहेको बताइएको छ ।

पछिल्ला दिनहरूमा रिपब्लिकन पार्टीका कैयौं नेताहरूसँग ट्रम्पको वैमनस्यता भएको छ। उपल्लो सदन सिनेटका बहुमतका नेता मिच म्याककोनेल पनि जनवरी ६ मा संसद भवनमा भएको हिंसाको दोष ट्रम्पलाई जाने बताएका थिए ।

सर्वेक्षणहरूले अहिले पनि रिपब्लिकन मतदाताहरूमा ट्रम्पको प्रभाव बलियो भएको देखाउँछन्। ट्रम्पसँग त्यस्तो जनमत पनि छ जो सन् २०१६ को उनको चुनावी अभियानअघि रिपब्लिकन मतदाता थिएनन् ।

नयाँ पार्टी खोल्न लागेकोबारे ट्रम्पको सचिवालयले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ । नयाँ पार्टी खोल्ने विषयमा ट्रम्प कत्तिको गम्भीर छन् भन्ने कुरा स्पष्ट भइसकेको छैन । किनभने नयाँ पार्टी बनाउने धेरै समय र ठूलो लगानी चाहिन्छ ।

प्रतिक्रिया
सम्बन्धित