शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अशान्ति सिर्जना भएको भन्दै रुकुम पश्चिमको राडी बजारमा निषेधाज्ञा जारी

दैनिक नेपाल २०७७ माघ ६ गते २१:५५

काठमाडौँ, ६ माघ । रुकुम पश्चिमको राडी बजारमा अनिश्तिकालीन निषेधाज्ञा जारी भएको छ ।

मंगलबार साँझ ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अर्को सूचना जारी नभएसम्मका अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले एक विज्ञप्ति जारी गरी जिल्लाको पूर्वी क्षेत्र घारी खोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिका ९ राडीबजारमा केही समूहबाट अशान्ति सिर्जना गर्न खोजेकोले निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । मंगलबार प्रचण्ड माधव पक्षका नेकपा र काँग्रेसका कार्यकर्ताबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित