११ कार्तिक २०८३, बुधबार

मंगलबार थप ३४८ जनामा कोरोना, ४४१ जना निको, ४ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ४१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ जना पुगेको छ ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख २१ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भइसकेको छ ।