३ कार्तिक २०८३, मंगलबार

भारतले नेपाललाई १ करोड डोज कोरोना खोप निःशुल्क उपलब्ध गराउँदै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरसविरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।

भारतीय केन्द्रीयय स्वास्थ्य समितिले नेपाल र भुटानलाई उक्त परिमाणमा खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

समाचार एजेन्सी मिन्टका अनुसार बंगलादेशले भने २ करोड डोज खोप गिफ्टको रुपमा पाउने जनाइएको छ । यस्तैभारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको छ ।

भारतले छिमेकी देशलाई १० मिलियन डोज खोप वितरण गर्ने भएको छ ।

शनिबारदेखि खोप अभियान सञ्चालन गरेको भारतले मंगलबार बिहानसम्म ३ लाख ८१ हजार जनालाई खोप दिइसकेको छ । तर, खोप पाएकामध्ये ५८० जनामा साइडइफेक्ट देखिएको छ भने २ जनाको मृत्यु समेत भएको छ ।