बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा देखियो साइडइफेक्ट, दुई जनाको मृत्यु

दैनिक नेपाल २०७७ माघ ६ गते १२:३१

काठमाडौं, ६ माघ । छिमेकी देश भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ भने २ जनाको मृत्यु समेत भएको छ ।

खोप लगाएकामध्ये थप ७ जनाको अवस्था गम्भीर छ । स्वास्थ्यवस्था गम्भीर भएपछि उनीहरुलाई अहिले अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको हो । शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । त्यस्तै उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् ।

भारतमा मंगलबार बिहानसम्म ३ लाख ८१ हजार जनालाई खोप दिइसकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित