१० कार्तिक २०८३, मंगलबार

आफ्नो भत्ता स्कुलमा लगानी गर्ने प्रधानाध्यापक

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, ६ माघ । भित्तामा झुन्डिएको घडीमा बिहानको ९ः४५ बज्दै थियो ।

कार्यालय सहयोगी घन बहादुर चन्दले स्कुलको घण्टी बजाउना साथ सबै विद्यार्थी प्रार्थनाका लागि लाईन लाग्दै थिए । प्रार्थना गराईरहेका अर्का शिक्षक भरत मल्लले प्रार्थनाको अन्तिम समयमा विद्यालयका हेडमास्टर दिपक सङगम थापालाई मन्चमा बोलाउछ्न र केही कुरा राख्न अनुरोध गर्छन् ।

यतिकैमा प्रधानाध्यापक दिपक सङगम थापाले दुईवटा नयाँ फिल्टर ल्याउछ्न र केही विद्यार्थीलाई अगाडि बोलाएर आफ्नो तर्फबाट निशुल्क रुपमा दिएको भनी हस्तान्तरण गर्छन । सबै विद्यार्थीले ताली बजाएर स्वीकार गर्छन ।

हो रुकुम पश्चिमका एक विद्यालयका हेडमास्टरले यसरी नै चौमासिक रुपमा विद्यालयका विद्यार्थीलाई केहि न केही उपहार दिने गरेका छ्न ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित जनविकास माद्यमिक बिद्यालय ज्यामिरकोट टाकुराका प्रधानाध्यापक दिपक सङगम थापाले आफ्नो प्रअ भत्ता कहिले नि बुज्दैनन् बरु भत्ताको सबै रकमले विद्यार्थी र विद्यालयका लागि खर्च गर्ने गरेका छन् ।

प्रधानाध्यापक थापाले कहिले छात्राहरूका लागि सेनेटरी प्याड बितरन गरेर नेपाल सरकारको कार्यक्रमलाई उच्छिन्छन् त कहिले गरिब, जेहेन्दार विद्यार्थीलाई पोसाक ।

कहिले शैक्षिक सामाग्री त कहिले शुद्ध पानी पिउनका लागि फिल्टर । प्रधानाध्यापक भएको शुरुदेखि नै यसरी आफ्नो प्रअ भत्ताको सबै रकम विद्यार्थी र विद्यालयको हितका लागि खर्च गर्ने गरेका छन् ।

प्रअ भत्ता नलिने उनले विद्यालय व्यवस्थापन समिती मार्फत निर्णय गराएका छन् । प्रअ दिपक सङगम थापाले प्रत्येक चौमासिक रुपमा नेपाल सरकारले उपलब्ध गराउने प्रअ भत्ता नलिई सबै भत्ता विद्यालयमा खर्च गर्ने गरेका छन् ।

“शिक्षा बाल्टिन भर्नु नभइ आगो सल्काउनु हो” भन्ने नाराबाट प्रभावित भएको बताउने थापाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरे मात्र समाजमा राम्रो सन्देश जाने बताए ।

प्रधानाध्यापक थापाले प्रधानाध्यापक भएदेखि नै विद्यालयका लागि विभिन्न योजना निर्माण गरि लागू समेत गर्ने गरेका छ्न ।

प्रअ भएदेखि थापाले विभिन्न दाताहरु जुटाई विद्यालयलाई पुर्न सरसफाइ उन्मुख विद्यालय घोषणा, विद्यालयमा लाईब्रेरी स्थापना, विज्ञान माईक्रोस्कप स्थापना, दाता जुटाएर सबै कक्षाकोठामा शुद्ध पिउने पानीका लागि फिल्टर, सबै कक्षामा भित्ते घडी, सरस्वती मन्दिर निर्माण, विद्यार्थी पास कार्ड लागु, नेपालमै पहिलोपटक अभिभावक शिक्षा लागू, दैमाषिक प्रगति विवरण निर्माण, विभिन्न सदन विभाजन, सेभेन फ्ल्याग लागू, बाल क्लब मार्फत बाल विवाह शून्य जस्ता काम गराएर उदाहरणीय काम गरेका छन् ।

क्षात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएदेखि महिनावारी भएको समयमा गएल हुने क्षात्राहरु पनि नियमित उपस्थित हुने गरेका छन् ।

प्रअ थापाको कामलाई आफुले पुर्णरुपमा साथ दिएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्मा र अभिभावकहरु खुशी हुँदै धन्यवाद दिए । प्रअ थापाले क्षात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएको एक वर्षपछि मात्र नेपाल सरकारले सेनेटरी प्याड उपलब्ध दिन थालेको छ ।