शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लक्ष्मीका गीत टिकटकमा भाइरल

दैनिक नेपाल २०७७ माघ ६ गते ८:३४

काठमाडौं । गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन् । फरक समय सार्वजनिक गरिएका उनका दुई गीत ‘भन् साली तेरी दिदी कहाँ छ’ र ‘आफ्नै नाम मन प¥यो’ले टिकटकदेखि सबैतिर प्राथमिकता पाएको कारण उनको चर्चामा छिन ।

गीत ‘भन् साली तेरी दिदी कहाँ छ’ टिकटकमा समेत भाइरल भएको छ । लक्ष्मीको अलवा गायक चक्र बमको समेत स्वर रहेको गीत सुदूरपश्चिमको शैलीमा तयार भएको छ । दिदीको बिषयमा साली भेनाको संवाद समेटिएको गीतमा चक्र बमकै शब्द रहेको छ । गीतमा देउडा समेत फ्युजन छ ।

नरेन्द्रराज रेग्मीको संगीत रहेको गीतको भिडियो स्टेज फमेन्सको शैलीमा तयार पारिएको छ । भिडियोमा बाध्यबाधक टोलीसहित गायक गायिका नै प्रस्तुत भएका छन् ।

उनको अर्को गीत ‘आफ्नै नाम मन प¥यो’ले पनि राम्रै चर्चा पाउन सफल भएको छ । उनले गायक कुलेन्द्र विश्वकर्मासँग गाएको यो गीत माया प्रेमका शब्दले भरिएका छदन् । गीतमा प्रह्लाद सुवेदीको शब्द तथा वसन्त थापाको संगीत रहेको छ ।

गीतको भिडियोमा फिल्मी कलाकार अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढुंगानाको साथमा गायिका लक्ष्मी आफैले समेत अभिनय गरेकी छन् । थुप्रै कोरस डान्सर समेत प्रयोग गरेर फिल्मी शैलीमा तामझामका गीतको भिडियो बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित