२ कार्तिक २०८३, सोमबार

भारतको गुजरातमा ट्रकले किच्दा फुटपाथमा सुतेका १३ मजदुरको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ६ माघ । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

सोमबार राति सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्टटरसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए । दुर्घटनामा घाइते भएका अरूलाई अस्पताल लगिएको छ ।