शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग न्यूक्यासल पराजित

दैनिक नेपाल २०७७ माघ ६ गते ७:५५

लण्डन, ६ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

सोमबार राति भएको खेलमा आर्सनलले न्यूक्यासललाई ३–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

बुकायो साकाले खेलको ६० औं मिनेटमा एक गोल गरे । खेलको ७७ औं मिनेटमा पिएरेले दोस्रो गोल गर्दै आर्सनललाई ३- को सहज जित दिलाए ।

जितसँगै आर्सनल अंक तालिकाको १० औँ स्थानमा पुगेको छ । १९ खेलमा २७ अंक जोडेको आर्सनलले एस्टोन भिल्लालाई पछि पार्दै १० औँ स्थानमा उक्लिएको हो । आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित