बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गायिका टिका प्रसाईँको ‘माया लुकी लुकी’ले बनायो नयाँ रेकर्ड

दैनिक नेपाल २०७७ माघ ५ गते २१:२८

काठमाडौँ, ५ माघ । गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले नयाँ रेकर्ड बनाएको छ ।

गीतले युट्युवमा १० करोड बढी भियुज पाएको छ । यससँगै यो गीत नेपाली एल्बमको गीतहरुमध्ये अहिलेसम्मकै धेरै भियुज पाउने गीत बन्न सफल भएको हो ।

२०१८ जुन ७ मा सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १० करोड ८० हजार बढी भियुज पाएको छ । गीतलाई ४ लाख १५ हजार बढी लाइक र ४९ हजार डिस लाइक पाएको छ । आनन्द अधिकारीको शब्द तथा आशिष अविरको संगीत रहेको गीतमा एरेन्ज समेत अविरलकै रहेको छ ।

त्यस्तै, काटुर्न क्रियुज माफी फिचरिङ गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइको छायाँकन, प्रविन श्रेष्ठको सम्पाद रहेको छ । भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

वि. सं. २०५८ सालबाट गायकीको यात्रा सुरु गरेकी प्रसाईँका अन्य गीतहरु पनि हिट रहेका छन् ।

भिडियाे:

प्रतिक्रिया
सम्बन्धित