११ कार्तिक २०८३, बुधबार

फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम माग्न खोज्ने ३ जना बागबजारबाट पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ५ माघ । फोन र म्यासेजमार्फत धम्क्याएर रकम असुली गर्न खोज्ने तीन जनालाई प्रहरीले बागबजारबाट पक्राउ गरेको छ ।

प्रहरीले आइतबार साँझ बागबजारस्थित मोडल हस्पिटलबाट दोलखाका १९ वर्षका प्रदिप कार्की र सुरज भण्डारी साथै २१ वर्षीय किरण कार्की पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाले उनीहरुले फोन र म्यासेजमार्फत रकम माग्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले धम्क्याउन प्रयोग भएका पाँच वटा मोबाइल र सिम बरामद गरेको छ ।

थप अनुसन्धानका लागि अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।