
काठमाडौँ, ५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय २२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय ७४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ६१ जना पुगेको छ ।
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया