११ कार्तिक २०८३, बुधबार

सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोक्किँदा २ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ५ माघ । झापाको दमकमा एम्बुलेन्स र अटो ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग दमक ४ स्थित ताराबारी सडकखण्डमा दुर्घटना भएको हो । सोमबार विहान पौने १० बजे पश्चिमतिर जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सासँग ठोक्किएको थियो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अटो रिक्सा चालक मोरङ, उर्लाबारीका ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटो सवार झापाका रमेश श्रेष्ठ रहेका छन् । त्यस्तै, दुर्घटना अन्य ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।