मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग क्रिस्टल प्यालेस पराजित

दैनिक नेपाल २०७७ माघ ५ गते ७:२७

लण्डन, ५ माघ । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–० गोलले हराएको छ ।

साेमबार बिहान भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई फराकिलो गोल अन्तरले हराएको हो ।

सिटीका जोन स्टोनेसले खेलको २६ औं र ६८ औं मिनेटमा एक–एक गोल गरे । त्यस्तै इल्के गुण्डोगनले खेलको ५६ औं र रहिम स्ट्रलिङले ८८ औं मिनेटमा गोल गरे ।

जितसँगै १७ खेलबाट ३५ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । राति भएको अर्को खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले भने बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित