बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

तृतीय कुलुङ्ग कप भलिवल प्रतियोगिता सुरु

वि वि श्रेष्ठ २०७७ माघ ४ गते २१:४४


-वि वि श्रेष्ठ

तनहुँ, ४ माघ । मगरहरुको महान चाड माघे संक्रान्तीको अवसर पारेर छाव्दी वाराही लाङघाली युवा क्लव व्यास–१४, कुलुङले गाँउस्तरीय भलिवल प्रतियोगित शुरु गरेको छ ।

युवा क्लवका अध्यक्ष चन्द्र वहादुर आलेको अध्यक्षतामा शुरु भएको तृतिय कुलङ कप २०७७ माघ १ देखि शुरु भई माघ ५ गते सम्म चल्नेछ ।

तृतिय कुलङ कप २०७७ गाँउ स्तरिय भलिवल प्रतियोगितमा २८ टिम सहभागी रहेको छ । यसैगरी भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई ९ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष चन्द्र वहादुर आलेले जानकारी दिए । यसका साथै राम्रो खेलानी र लिफटरलाई समेत पुरस्कार दिईने आयोजकले वताएको छ ।

छाव्दी विकास कोष मुख्य प्रायोजक रहेको भलिवल प्रतियोगिताको कार्यक्रमका लागी विभिन्न व्यक्ति र संघसंस्थाहरुले समेत सहयोग गरेको दिपक थापाले बताए ।

आजको भलिवल प्रतियोगितमा शितलदेवी युवा क्लव ग्याजाटार, ढुकटी समाज शुल्ला–१२, नमुना युवाक्लव व्यास–६, वट्टार युवा क्लव वन्दिपुर, कालिका युवा क्लव शेरा लगायतको क्लव हरुले प्रतिस्पर्धा गरेका थिए ।

यही माघ १ गते देखि शुरु भएको कार्यक्रमको उद्घाटन व्यास नगरपालिका वडा नं १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित