बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

करिब साढे ३ करोड ठगी मुद्दामा सजाय तोकिएका फरार ३ जना पक्राउ

दैनिक नेपाल २०७७ माघ ४ गते २१:१०

काठमाडौँ, ४ माघ । बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौँको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ ।

झण्डै तीन करोड ३२ लाख ठगी गरेको प्रमाणित भई उच्च अदालत पाटनबाट कैद र जरिवाना तोकिएर फरार हुँदै आएकालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालतमा पेश गरिएको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुमध्ये अधिकारीलाई आज, थापालाई शनिबार र अम्गाईंलाई बिहीबार पक्राउ गरिएको थियो ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउ गर्ने क्रममा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेक दिएका थिए । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ ९ग० बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उनीहरुलाई सजाय सुनाइएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित