१० कार्तिक २०८३, मंगलबार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पाल्पा, ४ माघ । आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका ५ बेजाड बस्ने बुद्दी दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुद्धिले शनिबार साँझ बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि रामपुर अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।