शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव

दैनिक नेपाल २०७७ माघ ४ गते १५:१९

काठमाडौं, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आफ्नो सक्रियतालाई तीव्र पारेको छ ।

सोही निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव दलहरुसँग गरेको छ ।

सबै राजनीतिक दलहरुसँगको छलफलमा आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने प्रस्ताव गरेको छ ।

साथै आयोगले उक्त छलफलमा निर्वाचनसम्बन्धी प्रस्तावित अन्य कार्यक्रमबारे पनि छलफल गरेको बताइएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ ।

घोषित निर्वाचनबारे आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल

प्रतिक्रिया
सम्बन्धित