३ कार्तिक २०८३, मंगलबार

घोषित निर्वाचनबारे आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । निर्वाचन आयोगले वैशाखमा तोकिएको चुनावको विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफल गरेको छ ।

आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दलहरुसँग आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा छलफल भएको आयोगले बताएको छ ।

आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको पनि बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् ।