बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपाली काँग्रेसले सर्वोच्चको फैसलालाई सम्मान गर्दछ: नेता भट्टराई

दैनिक नेपाल २०७७ माघ ३ गते २२:०१


दमौली, ३ माघ । नेपाली काग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले नेपाली काँग्रेसले सर्वोच्चको फैसलालाई सम्मान गर्ने बताएका छन् ।

वर्तमान सरकारको असंवैधानिक, प्रतिगामी कदम विरुद्ध आयोजित नगरपालिका स्तरिय विरोध सभालाई सम्वोधन गर्दे केन्द्रिय सदस्य भट्टराईले सरकारले प्रतिनिधीसभा विघटन विरुद्ध परेको रिटमा सर्वोच्च वाट हुने फैसलालाई पार्टीले सम्मान गरेर अगाडी बढ्ने बताए ।

नेपाली काँग्रेस लोकतन्त्रको रक्षाका लागी लडेका पार्टी हो । सर्वोच्च अदालतले संसद विघटन लाई सदर गरेमा नेपाली काँग्रेस पनि लोकतन्त्रको रक्षाका लागी चुनावमा जाने बताएका हुन् । ओ

ली सरकारले जनतालाई धेरै ठुलो आशा र भरोसा देखाएको तर कुनै पनि पुरा नगरेको बताए । सरकारले वोल्ने तर केहि पुरा नगर्ने, कार्यन्वयन नगर्ने पार्टी भएको हुदाँ जनताको आशा र अपेक्षा पुरा गर्न काग्रेस वलियो वन्नुपर्ने समेत उनले बताए ।

योजना वोलेर मात्र हुदैन, कार्यन्वयन कसरी पुरा हुन्छ, त्यसमा सरकार सफल हुन सकेन । पार्टी भित्रको झगडा मिलाउन नसकेर संसद विघटन गरेर सरकारले अलोकतान्त्रिक कदम चालेको हुदाँ आजको यो अवस्था आएको बताए ।

नेपाली काग्रेस व्यास नगर कमिटीको आयोजनामा भएको वर्तमान सरकारको असंवैधानिक, प्रतिगामी कदम विरुद्ध आयोजित नगरपालिका स्तरिय विरोध सभालाई गण्डकी प्रदेश सासंद सरिता गुरुङ्ग, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, नेपाली काग्रेस जिल्ला सचिव विश्व वास्तोला लगायतका नेताहरुले सरकारले गरेको असंवैधानिक कार्यको विरोध गरेका थिए ।

नेपाली काग्रेस व्यास नगर कमिटीको सभापति शान्तिरमण वाग्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नगर कमिटीको सचिव मोहन कुमार श्रेष्ठले गर्नुभएको थियो भने स्वागत संस्थाका सहसचिव डम्वर अधिकारीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित