मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

संसद विघटन मुद्दामा अदालतको निर्णय काँग्रेसलाई स्वीकार्य छ: महामन्त्री कोइराला

दैनिक नेपाल २०७७ माघ ३ गते २१:०९

काठमाडौँ, ३ माघ । नेपाली काँग्रेसलाई सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने महामन्त्री शशांक कोइरालाले बताएका छन् ।

प्रतिनिधिसभा विघटनका सन्दर्भमा अदालतले निर्णय काँग्रेसले स्वीकार्ने कोइरालाले बताए ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको विरोध सभामा महामन्त्री कोइरालाले संसद् विघटनविरुद्ध मुद्दामा अदालतले गर्ने निर्णय काँग्रेसलाई मान्य हुने बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले संविधान मिचेर संसद विघटन गरेकाले संविधानको रक्षाका लागि पनि संसद पुनस्थापना हुनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित