शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आफ्नै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध लाग्ने सांसदको के काम ? त्यसैले संसद विघटन भयो: मन्त्री अर्याल

दैनिक नेपाल २०७७ माघ ३ गते २०:५९

काठमाडौँ, ३ माघ । कृषि तथा पशुपंक्षि विकास मन्त्री पद्मा अर्यालले संसद विघटन नभई प्रचण्ड र माधव नेपालको सत्तामा पुग्ने सपना विघटन भएको टिप्पणी गरेकी छन् ।

प्रधानमन्त्री विरुद्ध षडयन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिले यस्तो अवस्था आएको उनको भनाई छ । शनिवारबाट सुरु भएको अखिल नेपाल महिला संघको केन्द्रिय कमिटिको दोस्रो बैठकको सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्ष बिरुद्ध हस्ताक्षर संकलन गर्दै हिड्ने र आफ्नै राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन भन्दै हिड्ने सांसदको के काम रु उनले भनिन्, विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिले सम्म फ्याकिसक्थे । सत्ता कांग्रेसलाई सुम्पिने थिए ।

उनले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई कमजोर बनाएर पार्टी एकता भएका कारण अहिले यस्तो अवस्था आएको बताएकी छन् । प्रचण्डको प्रस्ताव मान्दा संगठन संचालन नै गलत तरिकाले भएको उनको भनाई छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्तवाट जाँदा आफु अल्पमतमा पर्ने भएकाले प्रचण्डले त्यस्तो प्रस्ताव ल्याएको उनको भनाई छ । माधव नेपाललाई प्रभावित गरेर आफैले पार्टी एकता गर्दा हस्ताक्षर गरेको दस्तावेजको ३ नम्बर बुदा आफै कुल्चिनुभयो उनले भनिन्, कृतिम बहुमत खडा गरेर प्रधानमन्त्री विरुद्ध लागेर दोहोरो चरित्र देखाएका कारण द्धन्द्ध सुरु भयो ।

उनले पार्टीभित्र कहिल्यै सरकार कसरी चलाउने, कसरी एकता कायम राख्ने भन्ने बारेमा कहिल्यै छलफल चल्न नसकेको भन्दै दुख ब्यक्त गरिन् । उनले भनिन्, भागवण्डामा मात्र नेताहरु लगे । आजको अवस्था सत्ता लिप्साका कारण उत्पन्न भएको हो ।

कम्युनिष्ट आन्दोलनलाई धुलो चटाउन पार्टी एकता गर्नुभएको हो भनेर आफ्ना नेता प्रचण्डलाई उनका कार्यकर्ताले प्रश्न गरुन्, उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित