काठमाडौँ, ३ माघ । काठमाडौँ महानगरपालिका २९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २२ वर्षीय साहील खत्री, काठमाडौं महानगरपालिका-२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका ७ घर भएका २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस