२ कार्तिक २०८३, सोमबार

बेलायतले लगायो सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ माघ । बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएको छ ।

आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा हुने सबै प्रकारका यात्रामा रोक लगाइएको हो । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउन प्रतिबन्ध लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताए ।

बेलायत आउन अब अनिवार्यरुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ । दक्षिण अफ्रिका र पोर्चुगलका यात्रुमाथि ब्राजिलमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बेलायतले यस्तो कदम चालेको हो ।

नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको १५ तारिखसम्म लागू रहने प्रधानमन्त्री जोन्सनको भनाइ छ । बेलायती स्वास्थ्य मन्त्रालयले केही सातायता संक्रमण ५० प्रतिशतले बढिरहेको बताएको छ ।

उता संक्रमणदरमा भने केही कमी आएको विभिन्न आँकडाहरुले देखाएको छ ।