बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघ्यो

दैनिक नेपाल २०७७ माघ ३ गते ११:१६

काठमाडौं, ३ माघ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १७५ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार १५८ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ५ लाख ४२ हजार ८४१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ९७७ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै त्यहाँ अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ करोड १ लाख ७९ हजार ७१५ जना पुथेको छ ।

त्यस्तै अहिले भारतमा २ लाख ११ हजार ३३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल १८ करोड ५७ लाख ६५ हजार ४९१ नमुना परिक्षण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित