बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज एपीएफ र प्रदेश १ भिड्दै

दैनिक नेपाल २०७७ माघ ३ गते ११:०८

तस्वीर : पहिलो दिन शुक्रबारको खेल दृश्य

काठमाडौं, ३ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एपीएफ र प्रदेश १ भिड्दै छन् ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन आज विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफ र प्रदेश–१ बीच प्रतिस्पर्धा हुन लागेको हो ।

एपीएफका कप्तानी शरद भेष्वाकरले गरेका छन् भने प्रदेश–१ को कप्तानी सिद्धान्त लोहनीले गरिरहेका छन् ।

समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालको मैदानमा बिहहान साढे ९ बजेदेखि खेल शुरू भइसकेको छ ।

यसअघि पहिलो खेलमा बिनोद भण्डारीको शतकमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको थियो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित