शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने पक्राउ

दैनिक नेपाल २०७७ माघ २ गते १८:३३

सांकेतिक तस्वीर

काठमाडौँ, २ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले शुक्रबार बालाजु बाईसधारा स्थित सडक खण्डबाट जिल्ला नुवाकोट तादी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को अनिल तामाङ्गले बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा मोटरसाइकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

काठमाडौँ रामकोट स्थित सडक खण्डबाट बा ६३ प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटर साईकल हराएको भनि रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. १ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए ।

हराएको निवेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यस आ.व.०७७/०७८ मा चोरीमा संलग्न ३१ जना मनिस र १९ मोटरसाईकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजी गरी ११७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित