बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

संसद विघटनको सुनुवाई संवैधानिक इजलासबाटै हुने

दैनिक नेपाल २०७७ माघ २ गते १८:१०

काठमाडौँ, २ माघ । प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमाथि संवैधानिक इजलासबाटै निर्णय हुने भएको छ ।

संवैधानिक इजलासले रिटमाथि बहस गर्दै मुद्दालाई पूर्ण इजलासमा लैजान अस्वीकार गरेको हो ।

१३ रिट निवेदनमध्ये १२ जनाले पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने माग गरेका थिए । बहसमा सरकारी पक्षले वृहत इजलासको माग कानुन विपरित भएको तर्क प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित