शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अब अनलाइनबाटै सार्वजनिक सेवा लिन सकिने

दैनिक नेपाल २०७७ माघ २ गते १६:३८

काठमाडौँ, २ माघ । सरकारले मोबाइल एप सार्वजनिक गरेको छ ।

नागरिकहरुलाई प्रवाह गर्ने सेवा सहज बनाउनका लागि मोबाइल एप सार्वजनिक गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङले जनाएका छन् ।

डिजिटल सेवा उपलब्ध रहेका सरकारको सबै सार्वजनिक सेवाहरु अब नागरिक एपमा उपलब्ध हुनेछ ।

एप सार्वजनिक गर्दै मन्त्री गुरुङले अब लाइन बसेर होइन अनलाइनबाट सेवा लिन सकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित