
काठमाडौँ, २ माघ । सप्तरीमा युवती जिस्क्याएको निहुँमा विवाद भएर झडप हुँदा १५ जना घाइते भएका छन् ।
रुपनी गाउँपालिका ३ हर्दियमा झगडा हुँदा १५ जना घाइते भएका हुन् । प्रहरीका अनुसार झडपमा युवती पक्षका ८ जना र जिस्क्याउने पक्षका ७ जना घाइते भएका हुन् । उनीहरुको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया