२ कार्तिक २०८३, सोमबार

अमेरिकामा रिपब्लिकनहरूबीच गहिरो विभाजन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २ माघ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्‌मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखा परेको छ।

तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदन गर्ने उनको भूमिकालाई लिएर उनले पार्टी नेतृत्व तहबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहेकी छन्। ट्रम्पविरुद्ध मतदान गरेका सांसदहरूले आफूहरूले हिंसाको खतरा सामना गरेको र सुरक्षा बढाइएको बताएका छन्।

ट्रम्पले कार्यालय छाड्ने र सिनेटमा सुनुवाइको सामना गर्ने तयारी गरिरहँदा पछिल्लो अवस्था देखापरेको हो। हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३२ मत परेको थियो। गत साता क्यापिटल भवनमा भएको हिंसालाई प्रोत्साहित गरेको आरोपमा लगाइएको महाभियोगको विपक्षमा १९७ जना सांसद थिए।

सङ्घीय जाँच ब्यूरो एफबीआईले डेमोक्र्याट राष्ट्रपति निर्वाचित जो बाइडनको बुधवार हुने सपथ समारोहका दिन वासिङ्टन डीसी र ५० वटा राज्यका राजधानीहरूमा सशस्त्र समूहको सम्भावित प्रदर्शनको खतरा औँल्याएको छ। अर्का रिपब्लिकनले कैयौँ सहकर्मीले शरीर सुरक्षा गर्ने रक्षाकवच किनेको जानकारी दिए।

उनका अनुसार सुरक्षा खतराका कारण ती सांसदहरूले हिंसाको चेतावनी पाएपछि नियमित तालिका परिवर्तन गर्न बाध्य भएका छन्। मिसिगनका रिपब्लिकन पीटर मेइजरले बिहीवार भने, कसैले हाम्रो हत्या गर्न खोज्छ भन्ने हामीलाई लागेको छ।