शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बुधबार थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ४१४ जना निको, ५ जनाको मृत्यु

दैनिक नेपाल २०७७ पुष २९ गते १६:३७

काठमाडौँ, २९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय १४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ३४ जना पुगेको छ ।

२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित