
काठमाडौँ, २९ पुस । दुर्लभ वन्यजन्तु बाघको छाला कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. ९ मनमैजु बालाजु एरियामा प्रतिबन्धित दुर्लभ बाघको छाला अवैध रुपमा बिक्री गर्न लुकाई छिपाई ल्याई राखेको भन्ने विशेष सुचनाको आधारमा प्रहरीले मंगलबार दिउँसो लम्जुङ दुधपोखरी घर भई तारकेश्वर मनमैजु बस्ने ५३ वर्षीय बृस राज घलेलाई बाघको छालासहित पक्राउ गरेको छ ।
घलेको कोठाबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला बरामद भएको महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले जनाएको छ ।
महाशाखाले घलेलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाएको छ ।















प्रतिक्रिया