शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

दैनिक नेपाल २०७७ पुष २९ गते ११:४९

लण्डन, २९ पुस । बर्नलीलाई १–० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति बर्नलीको मैदानमा भएको खेलमा युनाइटेडका पाउल पोग्बाले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जीतसँगै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । युनाइटेडले १७ खेलमा ३६ अंक जोडेको छ । बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

लिगअन्तर्गत भएका अरु खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित