
काठमाडौँ, २८ पुस । प्रहरीले रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ गरेको छ ।
प्रहरीले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आचार्यलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्राध्यापक आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत छात्राहरुलाई अश्लील म्यासेज पठाउने गरेका थिए ।
उनलाई क्याम्पसबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि अभद्र व्यवहारको मुद्धा चलाइने बताइएको छ ।















प्रतिक्रिया