११ कार्तिक २०८३, बुधबार

घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

तनहुँ, २८ पुस । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ ।

यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।

शुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिएपनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । –रासस