शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एफ ‘ए’ कपमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुने

दैनिक नेपाल २०७७ पुष २८ गते ८:००

लण्डन, २८ पुस । इंग्लिस प्रिमियर लिगका दुई क्लबबीच एफ ए कप फुटबलको चौथो चरणमै भेट हुने भएको छ ।

एफए कपको सार्वजनिक ड्र अनुसार जनवरीको अन्त्यमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुने तय भएको हो । चौथो चरणको खेल म्यानचेस्टर युनाइटेडको मैदानमा हुनेछ ।

लिग बिहीन चोर्लीले प्रिमियर लिग क्लब वुल्भ्स, लिग टू क्लब चेल्टेनहाम टाउनले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ । चौथो चरणका खेलहरू जनवरी २३ र २४ मा हुनेछन् ।

जोसे मोरिन्होको टिम टोटनह्यामले विकोम्बे वान्डर्स तथा वेष्ट ह्यामले डनचेस्टर रोभर्ससँग खेल्ने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित